कपिलवस्तु घटना : दुई समुदायको विवाद टुङ्ग्याउन छलफल जारी, निषेधाज्ञालाई निरन्तरता
सारांश
- कपिलवस्तुमा हिन्दू र मुस्लिम समुदायबीचको झडप शनिबार बिहान सुरु भएको थियो, जुन अझै टुंगिएको छैन।
- झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको थियो, जसमा ३ जना घाइते भए।
- विवाद समाधानका लागि सर्वदलीय र सर्वपक्षीय छलफल भइरहेको छ, निषेधाज्ञा जारी छ।
काठमाडौँ । कपिलवस्तुमा शनिबार बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बिचको विवाद टुङ्गिएको छैन । मुस्लिमहरूले ईद मनाउँदै गर्दा शनिवार महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको थियो ।
झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । झडपमा ३ जना घाइते भएका थिए ।
जिल्ला प्रशासन कार्यालयले महाराजगञ्ज बजार क्षेत्र हुँदै बर्गदी पुल र बहादुरगञ्ज चोकसम्म लगाएको निषेधाज्ञा अहिले पनि निरन्तर छ । विवाद समाधान गर्न अहिले सर्वदलीय र सर्वपक्षीय छलफल भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रातोपाटीलाई बताए । उनले भने, ‘छलफल जारी छ, विवाद नटुङ्गिएसम्म निषेधाज्ञा जारी रहन्छ ।’
चैत ७ मा मुस्लिम समुदायका स्थानीयहरू बरगदाको मस्जिदमा नमाज पढिरहेको बेला नजिकैको रहेको मन्दिरमा डिजे बजाएपछि विवाद सुरु भएको कपिलवस्तुका एसपी सन्तोष आचार्यले रातोपाटीलाई बताए । चैते दसैँ नजिकिँदै गर्दा हिन्दु समुदायले पनि मन्दिरमा विभिन्न कार्यक्रम गर्ने धार्मिक परम्परा छ ।
घटनास्थलमा एकअर्काले मन्दिर र मस्जिद तोडफोड गरेका छन् । धार्मिक सहिष्णुता कायम राख्न सर्वपक्षीय छलफल गरेर निकास निकाल्ने प्रयासमा स्थानीय राजनीतिक दलका अगुवा र सरकारी अधिकारीहरू लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
-
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
-
साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण