बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता

आइतबार, ०८ चैत २०८२, १३ : ४२
आइतबार, ०८ चैत २०८२

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ।
  • भेटवार्ता आइतबार बिहान गृह मन्त्रालयमा भएको थियो, तर कुराकानीको विषयवस्तु खुलेको छैन।
  • गृह मन्त्रालय स्रोतका अनुसार भेट मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे भएको हुनसक्छ।

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो । 

उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप