बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कपिलवस्तु अझै अशान्त, प्रहरीद्वारा लाठीचार्ज

आइतबार, ०८ चैत २०८२, १४ : ०३
आइतबार, ०८ चैत २०८२

सारांश

  • कपिलवस्तुमा हिन्दु र मुस्लिम समुदायबीचको विवाद हिजो बिहानदेखि साम्य भएको छैन।
  • महराजगञ्जमा स्थानीय युवाहरूले प्रदर्शन जारी राखेका छन्, र प्रहरीले लाठीचार्ज गरेको छ।
  • इद मनाउने क्रममा झडप हुँदा प्रहरीले गोली चलायो, जसमा ४ जना घाइते भए।

कपिलवस्तु । कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बिचको विवाद अझैसम्म साम्य भएको छैन ।  कपिलवस्तुको महराजगञ्जका केही ठाउँमा अहिले पनि स्थानीय युवाले प्रदर्शन गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक प्रकाश कुँवरले अहिले पनि केहि ठाउँमा प्रदर्शन भइरहेको जानकारी दिए । उनले प्रदर्शन रोक्न केही ठाउँमा लाठीचार्ज समेत गरिएको बताए ।

मुस्लिमहरूले इद मनाउँदै गर्दा शनिबार महराजगञ्ज नगरपालिका–२ स्थित बरगदा र बहादुरगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदाय बिचमा झडप भएको थियो । सो क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए भने केही प्रहरी घाइते भएका थिए । स्थानीय प्रशासनले हिजो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप