सुन्धाराबाट खैरो हेरोइन सहित तीन जना पक्राउ
आइतबार, ०८ चैत २०८२, १४ : २७
सारांश
- काठमाडौंको सुन्धारास्थित होटलबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा चितवन, तनहुँ र कास्कीका व्यक्तिहरू छन्, जसमध्ये एक शिक्षक पनि छन्।
- प्रहरीले ८० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–११ सुन्धारा स्थित होटल न्यु निप्पोनबाट प्रहरीले लागुऔषध खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएकी ४० वर्षीया सपना गुप्ता, तनहुँको बन्दीपुर घर भएका ४२ वर्षीय लुजा शाक्य र कास्की घर भएका २२ वर्षीय जोशिल बानियाँ छन् ।
चैत ५ मा प्रहरीले उनीहरूलाई होटलबाट पक्राउ गरेको हो । आरोपीहरूले किनबेच गर्न लागेको अवस्थामा ८० ग्राम खैरो हेरोइन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए । तनहुँ घर भएर अहिले चितवन बस्दै आएका लुजा शाक्य कृषि तथा भेटनरी क्याम्पसका शिक्षक हुन् ।
आरोपीहरूमाथि थप अनुसन्धान र कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी भट्टले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण