गरिबीले संरक्षणको भरमा सहर पठाएकी छोरी जब बलात्कारको शिकार भइन्...
सारांश
- कञ्चनपुरको महेन्द्रनगरमा एक नाबालिकामाथि सामूहिक बलात्कार भयो, पीडित अछामकी हुन्।
- पीडित बालिकालाई प्रलोभनमा पारेर दुई व्यक्तिले बैजनाथ सामुदायिक वनमा बलात्कार गरेको आरोप छ।
- प्रहरीले घटनामा संलग्न दुवै अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ, बालिका माइती नेपालको सेफ हाउसमा छिन्।
धनगढी । कञ्चनपुरको महेन्द्रनगरमा केही समय अघि एक नाबालिकामाथि सामूहिक बलात्कार भयो । नाबालिका अछामकी हुन् । पीडित बालिकाको परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय छ । घरमा बुवा छैनन् ।
आमाले पहाडको एउटा सानो पसलमा काम गरेर परिवारको गुजारा चलाइरहेकी छिन् । छोरीको भविष्य राम्रो होला, सहरमा बसेर पढ्न पाउली र राम्रो संरक्षण पाउली भन्ने आशमा उनकी आमाले उनी आफू गर्ने पसलका साहुकै घरमा छोरीलाई महेन्द्रनगरमा पठाएकी थिइन् । उनी जुन पसलमा काम गर्छिन्। उनीहरूको घर महेन्द्रनगरमा पनि छ। त्यहाँ छोरीलाई पढाइदिने भनेपछि उनले त्यहाँ पठाएकी थिइन्।
आमालेलाई विश्वास गर्नुको कारण थियो– उनीहरूले यसअघि ती बालिकाका दाजुलाई पनि त्यसरी नै त्यहाँ पालेर हुर्काएका थिए। त्यही भरोसामा उनले आफ्नी छोरीलाई पनि महेन्द्रनगर पठाइन्।
गत फागुन २७ गते दिउँसोको साढे १२ बजेको समय थियो। संरक्षणमा बसेकै घरबाट कसैलाई केही नभनी उनी बाहिर निस्किएकी थिइन्। सोही क्रममा उनको भेट भीमदत्त नगरपालिका–१० का दुई व्यक्तिसँग भयो। प्रहरीका अनुसार ४७ वर्षीय नरेश गिरी उनी अटो चालक हुन् र ४० वर्षीय हीरा नाथले ती बालिकालाई एक्लै देखेपछि विभिन्न प्रलोभनमा पारे। ललाई–फकाई गरेर उनीहरूले बालिकालाई भीमदत्त नगरपालिका–१० मै रहेको बैजनाथ सामुदायिक वनको सुनसान जङ्गलभित्र लगे। त्यहीँ उनीहरूले बालिकामाथि क्रूरतापूर्वक सामूहिक बलात्कार गरे।
घटनापछि पीडित पक्षले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तत्काल सक्रियता देखायो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी हेमबहादुर शाहीका अनुसार, घटनामा संलग्न दुवै अभियुक्तलाई घटनाको दोस्रो दिननै नियन्त्रणमा लिइयो।
प्रहरीले सुरुमा उनीहरूलाई अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो। हाल अनुसन्धान नसकिएकाले पुनः १० दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको छ। अटो चालक नरेश गिरी र अर्का अभियुक्त हीरा नाथमाथि सामूहिक जबरजस्ती करणीको मुद्दामा सुक्ष्म अनुसन्धान भइरहेको छ।
घटनापछि विक्षिप्त बनेकी बालिकालाई अहिले सुरक्षित आवासको आवश्यकता देखिएको छ। उनको पारिवारिक अवस्था र सुरक्षालाई ध्यानमा राख्दै हाल उनलाई माइती नेपालको सेफ हाउस सुरक्षित गृहमा राखिएको छ।
त्यहाँ उनलाई मनोपरामर्श र आवश्यक हेरचाह प्रदान गरिँदै छ। डीएसपी शाहीका अनुसार यो घटनामा संरक्षकहरूको कुनै प्रत्यक्ष संलग्नता देखिएको छैन । बालिका आफैँ घरबाट निस्किएका बेला अभियुक्तहरूले मौका छोपेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
एउटी नाबालिका कसरी सजिलै प्रलोभनमा परिन् र समाजका जिम्मेवार भनिएका वयस्कहरूले कसरी यस्तो अमानवीय कार्य गर्ने साहस गरे भन्ने पाटोमा प्रहरीले गम्भीरतापूर्वक छानबिन गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण