‘बर्ड फ्लु’ भेटिएपछि मासु र अण्डा ओसारपसारमा प्रतिबन्ध
झापा । दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।
दमक नगरपालिकाका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणहरूको आवतजावत पूर्ण रूपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ भने प्रवेश तथा बाहिरिने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न निर्देशन दिइएको छ ।
नगरप्रमुख रामकुमार थापाले सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सबै कदम चालिएको उल्लेख गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । दमकमा पशु विकास अधिकृत विपु अधिकारीका अनुसार सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित फार्मका कुखुरा नष्ट गर्ने तयारी गरिएको छ ।
सोमबार विज्ञसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी सङ्क्रमित तथा शङ्कास्पद कुखुरा स्वास्थ्य मापदण्डअनुसार नष्ट गर्ने जनाइएको छ । दमक नगरपालिका–१० मा ठूलासाना गरी करिब २५ कुखुरा फार्म रहेका दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।
नगरपालिकाले असामान्य रूपमा कुखुरा बिरामी हुने वा अचानक मर्ने घटना देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ । साथै मृत वा बिरामी कुखुरा नछुन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा कुखुराजन्य सामग्री प्रयोग गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।
बर्ड फ्लु मानिसमा समेत सर्न सक्ने रोग भएकाले यसको नियन्त्रण र रोकथामका लागि सबैको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ । दमक–१० स्थित वडा कार्यालय नजिकै रहेको यो फर्ममा करिब १३ हजार कुखुरा रहेको र सो फर्मको अनुगमनपछि विराटनगरवाट आउने टोलीको सल्लाहअनुसार अघि बढ्ने तयारी गरिएको नगरप्रमुख थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण