बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कैफियत देखिएपछि विभागद्वारा जरिवाना

सोमबार, ०९ चैत २०८२, ०० : २२
सोमबार, ०९ चैत २०८२

सारांश

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्यो।
  • सुन्धारास्थित मुम्बई जाइकालाई १० हजार जरिवाना गरियो।
  • उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिएको बताइएको छ।
  • अन्य १२ फर्मलाई सुधारात्मक निर्देशन दिइयो।

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौँ महानगरपालिका–२२ सुनधारास्थित मुम्बई जाइकालाई रु १० हजार जरिवाना गरेको हो । विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

तीमध्ये १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप