इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’ नेपाल भित्रियो
सारांश
- वैद्य अर्गनाइजेशनले नेपाली बजारमा इटालियन ब्रान्ड 'मोर्बिडेली' मोटरसाइकल भित्र्याएको छ।
- मोर्बिडेली विशेष डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ विरासतको लागि प्रख्यात छ।
- वैद्य अर्गनाइजेशनले यसअघि 'एथर' इलेक्ट्रिक स्कुटर ल्याएर चर्चा कमाएको थियो।
काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस (भोइथ) ले नेपाली अटोमोबाइल बजारमा आफ्नो प्रभाव थप विस्तार गरेको छ। चारपांग्रे सवारी साधनमा टोयोटा जस्तो विश्वविख्यात ब्रान्डमार्फत लामो समयदेखि बजारको नेतृत्व गरिरहेको यस समूहले अब दुईपांग्रे प्रिमियम सेग्मेन्टमा इटालियन विरासत बोकेको 'मोर्बिडेली' लाई आधिकारिक रूपमा भित्र्याएको हो।
करिब पाँच दशक लामो व्यावसायिक अनुभव र विश्वसनीयता कमाएको वैद्य अर्गनाइजेशनले पछिल्लो समय दुईपांग्रे सवारी साधनको बजारमा आक्रामक उपस्थिति देखाइरहेको छ। यसअघि प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड 'एथर' लाई नेपाली बजारमा ल्याएर उल्लेखनीय सफलता र चर्चा कमाएको यस समूहले अब पेट्रोल इन्जिनयुक्त प्रिमियम मोटरसाइकलमा पनि आफ्नो दख्खल देखाउन खोजेको छ। एथरको प्रविधि र नवप्रवर्तनले बजारमा बनाएको जगलाई मोर्बिडेलीको आगमनले थप उचाइ दिने विश्वास गरिएको छ।
मोर्बिडेली इटालीको यस्तो ब्रान्ड हो जुन आफ्नो विशेष डिजाइन, शक्तिशाली इन्जिन क्षमता र ऐतिहासिक रेसिङ विरासतका लागि विश्वभर प्रख्यात छ। विशेषगरी नेपाली युवा र मोटरसाइकलका सौखिनहरूलाई लक्षित गर्दै ल्याइएको यो ब्रान्डले नेपालको प्रिमियम मोटरसाइकल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ। निकट भविष्यमै यो ब्रान्डका विभिन्न मोडेलहरू सार्वजनिक गर्ने र देशव्यापी रूपमा सेवा विस्तार गर्ने योजनामा वैद्य अर्गनाइजेशन जुटेको छ।
विश्वव्यापी रूपमा किवे ग्रुप अन्तर्गत सञ्चालन हुने मोर्बिडेलीले बेनेली र बेन्डा जस्ता स्थापित अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई पनि साथै लैजाने गरेको छ। उच्चस्तरीय राइडिङ अनुभव र आधुनिक फिचर्स खोज्ने नेपाली ग्राहकका लागि मोर्बिडेली एक उत्कृष्ट विकल्प बन्ने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण