ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
सोमबार, ०९ चैत २०८२, १७ : ४०
चितवन । रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का अन्दाजी ३५ बर्षीया मीना रेग्मी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु२ख २८९४ नम्बरको ट्याङ्करले भित्री सडकबाट निस्किँदै गरेको ना५५प ०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटरको पछाडी सवार रेग्मीको मृत्यु भएको हो ।
सो ट्याङ्करले रोकि राखेको ना ६५प ७८८३, ना५५प ८०८३ नम्बरको मोटरसाइकल र एउटा साइकललाई समेत ठक्कर दिएको थियो । स्कुटर चालक भरतपुर महानगरपालिका–७ का पूर्ण सापकोटा सामान्य घाइते भएका प्रहरी निरीक्षक रिजालले जानकारी दिए । राप्ती नगरपालिका–७ का २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण