अमेरिकी अधिकारीसँग वार्ता भएको खबर इरानी संसद् अध्यक्षद्वारा अस्वीकार
सारांश
- इरानका संसद् अध्यक्षले अमेरिकी अधिकारीहरूसँगको वार्ताको खबरलाई अस्वीकार गरे।
- विभिन्न समाचार माध्यमहरूले गोप्य वार्ता भएको दाबी गरेपछि उनले खण्डन गरेका हुन्।
- उनले सामाजिक सञ्जालमार्फत आफूले कुनै पनि अमेरिकी अधिकारीहरूसँग कुराकानी नगरेको बताए।
काठमाडौँ । इरानका संसद् अध्यक्ष मोहम्मद–बागेर गालिबाफले अमेरिकी अधिकारीहरूसँग आफ्नो कुनै पनि किसिमको वार्ता भएको भन्ने खबरको खण्डन गरेका छन् । विभिन्न समाचार माध्यमहरूले अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँग उनको गोप्य वार्ता भएको दाबी गरेपछि गालिबाफले सामाजिक सञ्जाल एक्स मार्फत सो कुराको खण्डन गरेका हुन् ।
यसअघि, विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरले इरानी संसद् अध्यक्ष गालिबाफसँग वार्ता गरिरहेको खबर सार्वजनिक गरेका थिए ।
तर, गालिबाफको नाममा रहेको एक्स ह्यान्डलबाट जारी एक पोस्टमा अमेरिकी अधिकारीहरूसँग कुनै पनि वार्ता नभएको स्पष्ट पारिएको छ ।
उक्त पोस्टमा तेल बजारलाई प्रभावित गर्न यस्तो फेक न्युज फैलाइएको आरोप लगाइएको छ । साथै, पोस्टमा भनिएको छ, ‘इरानी जनता आक्रमणकारीहरूलाई पूर्ण र पश्चात्तापपूर्ण सजायको माग गर्दछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण