सिराहाका छुट्टाछुट्टै स्थानबाट मानव बेचबिखन तथा ओसारपसार आरोपमा आठ जना पक्राउ
सारांश
- सिराहा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती वेश्यावृत्तिमा संलग्न होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ।
- लहान र धनगढीमाई नगरपालिकाका विभिन्न होटलमा महिलाहरूलाई वेश्यावृत्तिमा लगाइएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
- प्रहरीले पीडित महिलाको पहिचान गोप्य राख्दै अनुसन्धान अघि बढाएको छ, र होटल तथा निजी घरहरूमा निगरानी बढाएको छ।
सिराहा । सिराहा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डी एसपी रमेशबहादुर पालका अनुसार लहान नगरपालिका ८ का दिलीप साह र उनकी श्रीमती सुनितालाई तीन जना महिलालाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पक्राउ गरिएको छ। उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
त्यसैगरी, लहान ३ अस्पताल चोकमा रहेको अनलाइन होटल एन्ड लजका सञ्चालिका ४० वर्षीया अर्चनाकुमारी चौधरीले चार महिलालाई सप्तरीको सुरुङ्गा ९ टिकुलियाका २१ वर्षीय अशोककुमार चौधरी, २० वर्षीय नितिककुमार चौधरी र १९ वर्षीय आकाश चौधरीसँग मिलेर वेश्यावृत्ति गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न चारै जनालाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले धनगढीमाई नगरपालिका ११ स्थित खुश्बु होटल एन्ड लजका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहलाई दुई महिलालाई सप्तरीको बलानबिहुल ६ का ३८ वर्षीय शिवकुमार यादवसँग मिलेर जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा पक्राउ गरेको छ। उनीहरूलाई पनि सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रहरीले सबै घटनाका पीडित महिलाको पहिचान गोप्य राख्दै उनीहरूलाई ‘साङ्केतिक नाम’ दिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ। जिल्लामा पछिल्लो समय होटल तथा निजी घर प्रयोग गरी यस्ता अवैध गतिविधि सञ्चालन गरिएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण