बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा निषेधाज्ञा हट्यो, जनजीवन सामान्य बन्दै

मङ्गलबार, १० चैत २०८२, १२ : ४०
मङ्गलबार, १० चैत २०८२

सारांश

  • कपिलवस्तु जिल्लामा लगाइएको निषेधाज्ञा आज बिहान ९ बजेदेखि पूर्ण रूपमा हटाइएको छ।
  • निषेधाज्ञा हटेसँगै जिल्लामा जनजीवन सामान्य बन्दै गएको छ र पसलहरू खुल्न थालेका छन्।
  • महाराजगञ्ज नगरपालिकामा दुई समूहबीचको झडपलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो।

बुटवल । कपिलवस्तुमा गत शनिवारदेखि लागू गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गर्दै आज बिहान ९ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जनाएको हो।

निषेधाज्ञा हटेसँगै जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। स्थानीयका अनुसार बजारमा पसलहरू खुल्न थालेका छन् भने मानिसहरूको आवतजावत समेत बढ्न थालेको छ।

जिल्लाको महाराजगञ्ज नगरपालिका–२, वरदवामा दुई समूहबिच भएको झडपलाई मध्यनजर गर्दै चैत ७ गतेदेखि जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो।

प्रशासनका अनुसार शान्ति सुरक्षा अवस्था सुधारोन्मुख बन्दै गएको र नागरिकको दैनिक जीवन सहज बनाउन आवश्यक देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा हटाइएको हो। अब जिल्लामा सर्वसाधारणको आवतजावत तथा दैनिक गतिविधि पूर्ववत् रूपमा सञ्चालन हुने बताइएको छ।

उक्त घटनामा चैत ७ गते हिन्दु र मुस्लिम समुदायबिच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। सो क्रममा चार जना स्थानीय घाइते भएका थिए भने केही प्रहरीसमेत घाइते भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप