फिल्म ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ
मङ्गलबार, १० चैत २०८२, १५ : ५५
सारांश
- फिल्म 'तेल भिसा' का निर्माता शिवराज कार्की ठगीको आरोपमा पक्राउ परेका छन्।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो।
- अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
काठमाडौँ । फिल्म ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा उनलाई पक्राउ गरेको हो । कार्कीलाई मंगलबार काठमाडौँको स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अमेरिका लगिदिन्छु भन्दै केही व्यक्तिसँग पैसा उठाएको उजुरीपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि अमेरिका लैजान्छु भनेर ठगी गरेको आरोपमा ‘तेल भिसा’ निर्माता तथा निर्देशक शङ्कर घिमिरे र उनकी श्रीमती ऋचा घिमिरेविरुद्ध ०८१ कात्तिक अन्तिममा उजुरी परेको थियो ।
फिल्म ‘तेल भिसा’ ०८१ मंसिर ७ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्मले अमेरिका बस्दै आएका नेपाली समुदायको कथा उठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण