बाख्रा वितरणमा भ्रष्टाचार गर्ने तत्कालीन वडाध्यक्ष र इन्जिनियरसहित तीन जनालाई एक वर्ष कैद र जरिवाना
सारांश
- विशेष अदालतले धनुषाको सबैला नगरपालिकामा भएको भ्रष्टाचार मुद्दामा वडाध्यक्ष, इन्जिनियर र सहकारी अध्यक्षलाई दोषी ठहर गरेको छ।
- अदालतले उनीहरूलाई कैद र जरिवानाको फैसला सुनाएको छ, साथै क्षतिपूर्ति रकम पीडित राहत कोषमा जम्मा गर्न निर्देशन दिएको छ।
- भ्रष्टाचारमा संलग्न रहेको आरोप लागेका अन्य व्यक्तिहरूलाई भने अदालतले सफाइ दिएको छ, किनकि पर्याप्त प्रमाण भेटिएन।
काठमाडौँ । विशेष अदालतले धनुषाको सबैला नगरपालिकामा बाख्रा तथा च्यापकटर मेसिन वितरणका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन वडाध्यक्ष र इन्जिनियरसहित तीन जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।
मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टराई तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त फैसला गरेको हो ।
अदालतले तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, इन्जिनियर रन्जित कुमार यादव र सहकारी अध्यक्ष संजु कुमारी यादवलाई जनही १ वर्ष कैद र ४ लाख ९२ हजार ५ सय रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।
त्यस्तै उनीहरूबाट जनही १९ हजार ७ सय रुपैयाँका दरले क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको छ ।
त्यस्तै कुल बिगो रकम १४ लाख ७७ हजार ५ सय रुपैयाँ रहेकोमा तीनै जनाबाट दामासाहीले (बराबर) असुल उपर गरिने फैसलामा उल्लेख छ ।
सोही मुद्दामा आरोपी रहेका तत्कालीन लेखापाल शिव कुमार झा, पशु प्राविधिक राजकिशोर सल्हैता, पलवी ठाकुर र रौतित ठाकुरलाई भने अदालतले सफाइ दिएको छ ।
उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त वस्तुनिष्ठ आधार र प्रमाण नभेटिएकाले उनीहरूले आरोपदाबीबाट सफाइ पाएका हुन् ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, नगरपालिकाका तत्कालीन इन्जिनियर रन्जित कुमार यादव र अर्चना कृषि सहकारी संस्थाकी अध्यक्ष संजु कुमारी यादवको आपसी मिलेमतोमा भ्रष्टाचार भएको पुष्टि भएको छ।
उनीहरूले बाख्रा, पाठा, खसी र च्यापकटर मेसिन खरिदै नगरी झुट्टा बिल भरपाई खडा गरी रकम भुक्तानी लिएको र किसानलाई वितरण समेत नगरेको पाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण