‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुनुले शङ्का र उपशङ्का जन्मायो’
सारांश
- कांग्रेस महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
- उनले सरकारले प्रतिवेदन सार्वजनिक नगरेकोमा आपत्ति जनाउँदै विभिन्न आशङ्का उत्पन्न भएको बताए।
- पौडेलले भ्रष्टाचार अन्त्य, सुशासन र कानुन संशोधनमा नयाँ सरकारलाई सहयोग गर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले हालसम्म सार्वजनिक नगरेकोप्रति आपत्ति जनाउँदै तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले वर्तमान सरकारको म्याण्डेड निर्वाचन र भदौ २३ र २४ को घटनाको छानबिन रहेकाले आयोगको प्रतिवेदन सार्वजनिक नगर्नुले विभिन्न आशङ्का र उपशङ्का जन्मिएको बताए ।
पौडेलले भदौ २३ र २४ गतेको घटनामा आयोगले गहिराइमा पुगेर छानबिन गरेको विश्वास व्यक्त गर्दै छानबिन गर्दा दोषी देखिएकालाई कारबाही गर्नुपर्ने धारणा राखे । उनले प्रतिवेदनका विषयमा अनुमान गर्ने परिस्थिति नबनाउन आग्रह समेत गरे ।
त्यसैगरी महामन्त्री पौडेलले भ्रष्टाचार अन्त्य, सुशासनका साथै विद्यमान कानुनहरूलाई संशोधन गर्नका लागि नयाँ बन्ने सरकारलाई पूर्णरुपमा सहयोग हुने बताए। उनले लिपुलेक, लिम्पियाधुराका विषयमा राज्यले कूटनीतिक प्रयास गरेर दीर्घकालीन रूपमा नै समाधान खोज्नुपर्ने धारणा समेत राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण