शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन
बुधबार, ११ चैत २०८२, १५ : १३
सारांश
- रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने भएका छन्।
- शपथ ग्रहण कार्यक्रम शीतल निवासमा दिउँसो १२:३४ बजे हुनेछ, जसमा विशेष धार्मिक विधिहरू हुनेछन्।
- गत फागुन २१ गतेको निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिकको सिट प्राप्त गरेको थियो र भोलि संसदीय दलको नेता चयन गरिनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बुर्लाकोटीका अनुसार शपथ ग्रहणमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल र ७ वटा शंखबाट शंखनाथ हुनेछ ।
गत फागुन २१ गते सकिएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिकको सिट पाएको थियो । बिहीबार संसद् भवन सिंहदरबारमा नवनिर्वाचित सांसदहरूले शपथग्रहण कार्यक्रम राखिएको छ । भोलि नै बालेनलाई रास्वपाले संसदीय दलको नेता चयन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण