देउवा लगायतको घरमा भेटिएको रकमबारे विस्तृत अनुसन्धान गर्न आयोगको सिफारिस
सारांश
- जेनजी प्रदर्शनका क्रममा भएको गोलीकान्ड र हिंसात्मक घटनाहरूको छानबिन आयोगले देउवाको घरमा फेला परेको रकमबारे अनुसन्धान गर्न सिफारिस गरेको छ।
- आयोगले भदौ २४ गतेका घटनाहरू केवल दमनको बदला मात्र नभएको निष्कर्ष निकाल्दै विभिन्न राजनीतिक दलका कार्यकर्ता संलग्न भएको ठहर गरेको छ।
- आयोगले सीसीटीभी फुटेज र बीआईएस डेटाको विश्लेषण गरी दोषी पत्ता लगाउन अनुसन्धानलाई सहज बनाउने विश्वास व्यक्त गरेको छ।
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भदौ २३ गते संसद् भवन परिसरमा भएको गोलीकान्ड र त्यसको भोलिपल्ट भदौ २४ गते भएका हिंसात्मक घटनाहरूको छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूको घरमा भेटिएको रकमबारे प्रश्न उठाएको छ।
आयोगले आफ्नो प्रतिवेदनमार्फत देउवाको घरमा आक्रमण हुँदा फेला परेको जलेको वा नजलेको अवस्थाको रकमबारे कानुनबमोजिम विस्तृत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।
भदौ २४ गते प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री देउवालगायत अन्य व्यक्तिका घरमा आक्रमण गर्दा त्यहाँ ठूलो मात्रामा नगद फेला परेको विषय बाहिरिएको थियो। उक्त रकमको स्रोत र अवस्थाबारे थप स्पष्ट हुनुपर्ने भन्दै गौरी बहादुर कार्की नेतृत्वको आयोगले यसलाई कानुनी अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिएको हो।
आयोगले भदौ २३ गते तत्कालीन सरकारले निहत्था युवा प्रदर्शनकारीमाथि गरेको दमनको बदलामा मात्र भदौ २४ का घटनाहरू भएका हुन् भनेर मान्न नसकिने निष्कर्ष समेत निकालेको छ।
छानबिनका क्रममा आयोगले विभिन्न सरकारी, सार्वजनिक तथा निजी स्थानका सीसीटीभी फुटेज, श्रव्यदृश्य सामग्रीहरू र नेपाल टेलिकम एवं एनसेल जस्ता सेवा प्रदायकहरूबाट प्राप्त बीआईएस डेटालाई आधार मानेर गहन विश्लेषण गरेको प्रतिवेदनमा उल्लेख छ। उक्त दिन भएका तोडफोड, लुटपाट र आगजनीका घटनाहरूमा 'जेन्जी' प्रदर्शनका नाममा राजनीतिक दलका कार्यकर्ताहरू समेत संलग्न भएको आयोगको ठहर छ।
विभिन्न राजनीतिक दलका तत्कालीन प्रमुखहरूले नै आफ्ना कार्यकर्ताहरू संलग्न भए उनीहरूलाई कारबाही गर्नुपर्ने भनी आयोगसमक्ष बयान दिएका छन् । जसले दोषीसम्म पुग्न अनुसन्धान अधिकारीहरूलाई सहज हुने आयोगको विश्वास छ।
आयोगले आफ्नो प्रतिवेदन यसअघि नै सरकारलाई बुझाएपनि सार्वजनिक भने गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण