मोदी र ट्रम्पबिच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा पहुँचबारे छलफल
अमेरिका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच पश्चिम एसियाको अवस्था र ‘स्ट्रेट अफ हर्मुज’लाई खुला राख्ने विषयमा टेलिफोन वार्ता भएको छ ।
दुई नेताबिचको कुराकानीपछि सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, “पश्चिम एसियाको अवस्थाबारे म र अमेरिकी राष्ट्रपति ट्रम्पबिच ‘उपयोगी विचारहरूको आदानप्रदान’ भएको छ ।”
उनले लेखेका छन्, “भारत तनाव कम गर्ने र शान्ति बहालीको पक्षमा छ । ‘स्ट्रेट अफ हर्मुज’ खुला, सुरक्षित र पहुँचयोग्य रहेको सुनिश्चित गर्नु सम्पूर्ण विश्वको लागि आवश्यक छ। शान्ति र स्थायित्वका लागि गरिने प्रयासमा सम्पर्कमा रहन हामी सहमत भएका छौँ ।”
यसअघि भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले दुई नेताबिच मङ्गलबार भएको टेलिफोन कुराकानीको पुष्टि गर्दै भनेका छन्, “दुई नेता (प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्प) बिच पश्चिम एसियामा जारी अवस्था, ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्ने महत्त्वका बारेमा छलफल गरेका छन्।”
मोदीले २१ मार्चमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानसँग क्षेत्रीय घटनाक्रमबारे पनि कुरा गरेका थिए । उनले नौवहनको स्वतन्त्रताको रक्षा गर्ने र ढुवानी मार्गहरू खुला र सुरक्षित रहने सुनिश्चित गर्ने महत्त्वलाई दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण