रास्वपा केन्द्रीय समिति बैठक आज, लगत्तै दलको नेता छान्न संसदीय दलको बैठक बस्ने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ, जसले संसदीय दलको नेता छनोट गर्नेछ।
- बैठकले बालेन शाहलाई दलको नेता छान्ने र उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा छलफल गर्नेछ।
- नवनिर्वाचित सांसदहरूले आज शपथ लिनेछन् र बालेनलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयलाई जानकारी गराइनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ । रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको हो ।
गत पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग भएको ७ बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नं ४ मा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो ।
सचिवालय सदस्य गणेश पराजुलीले विगतमा भएको ७ बुँदे सहमति बमोजिम संसदीय दलको बैठकले बालेनलाई दलको नेता छान्ने जानकारी दिए ।
नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ । शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएकाले त्यसअगावै पार्टीले उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयलाई दिनेछ ।
फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले संविधानको धारा ७६(१) बमोजिम बालेनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण