इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार गरेपछि तेलकाे मूल्य वृद्धि
सारांश
- बिहीबार कच्चा तेलको मूल्य बढेको छ, किनभने इरानले अमेरिकासँग तत्काल वार्ता नगर्ने जनाएको छ।
- ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०३ डलर ८५ सेन्ट र डब्ल्यूटीआईको मूल्य ९१ डलर ६१ सेन्ट पुगेको छ।
- विश्लेषकहरूका अनुसार मध्यपूर्वको तनावले विश्व ऊर्जा बजारमा अस्थिरता ल्याएको छ, जसले तेलको मूल्य बढाएको छ।
काठमाडाैँ । विश्व बजारमा कच्चा तेलको मूल्य बिहीबार बढेको छ । इरानले अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता नगर्ने स्पष्ट पारेपछि बजारमा अनिश्चितता बढ्दै गएसँगै तेलको मूल्य उकालो लागेको हो ।
यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार बिहान १०ः ५० बने अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य १ दशमलव ६ प्रतिशतले बढेर प्रति ब्यारेल १०३ डलर ८५ सेन्टमा पुगेको छ ।
त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को मूल्य १ दशमलव ९८ प्रतिशतले बढेर ९१ डलर ६१ सेन्टमा कारोबार भइरहेको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विश्व ऊर्जा बजारमा अस्थिरता देखिँदा तेल मूल्यमा थप दबाब परेको विश्लेषकहरूले बताएका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले बुधबार सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै हालका लागि अमेरिकासँग वार्ता गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले तेहरान र वासिङ्टनबिच मैत्रीपूर्ण देशहरूमार्फत सन्देश आदान–प्रदान भइरहेको स्वीकार गरे पनि त्यसलाई औपचारिक वार्ता मान्न नहुने स्पष्ट पारे ।
यसप्रति प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्व वार्ता भइरहेको कुरा स्वीकार गर्न “डराइरहेको” आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण