शुक्रबारदेखि टेलिचलचित्र ‘संस्कार’ प्रसारण हुने
बिहीबार, १२ चैत २०८२, ११ : ०५
सारांश
- पारिवारिक कथावस्तुमा आधारित टेलिचलचित्र 'संस्कार' शुक्रबारदेखि प्रसारण सुरु हुने भएको छ।
- 'संस्कार' ले पारिवारिक सम्बन्ध, सामाजिक मूल्य र जीवनका यथार्थ पक्षलाई प्रस्तुत गर्नेछ।
- टेलिचलचित्रमा आरजे सिंह, निर्मला खाती, र अन्य कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौँ । पारिवारिक कथावस्तुमा निर्माण भएको टेलिचलचित्र ‘संस्कार’ शुक्रबारदेखि प्रसारणमा आउने भएको छ । निर्माण युनिटले ललितपुरमा एक कार्यक्रम गर्दै टेलिचलचित्रको प्रसारणसम्बन्धी जानकारी दिएको हो ।
सरोज दाहालको लेखन तथा निर्देशन रहेको ‘संस्कार’ ले पारिवारिक सम्बन्ध, सामाजिक मूल्य–मान्यता र जीवनका यथार्थ पक्षलाई देखाउनेछ । आरजे सिंह र निर्मला खाती निर्माता रहेको टेलिचलचित्रको छायाङ्कन निर्मल ढकालले गरेका हुन् ।
आरजे सिंह, नारायण खाती, राम बुढाथोकी, सरोज दाहाल, सीमा दाहाल, चण्डिका बस्नेत, दीपक बिके, समिता रिजाल, रुष्मिता रम्तेल, निर्मला खाती, मन्दिरा पोखरेल भण्डारी, नरेन्द्र शाही, सुरजकुमार त्रिखत्री र दीपक घमाल लगायतको अभिनय रहेको टेलिचलचित्रमा सुवर्ण टिभीको अफिसियल च्यानल मार्फत प्रसारणमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण