संघमा १२ र प्रदेशमा ५ वटा मन्त्रालय राख्न कार्की आयोगको सुझाव
सारांश
- गौरीबहादुर कार्की नेतृत्वको आयोगले संघ र प्रदेशमा मन्त्रालय संख्या घटाउन सुझाव दिएको छ।
- आयोगले केन्द्रलाई केन्द्रीकृत सोच त्याग्न र प्रदेश तथा स्थानीय तहको स्वायत्ततामा जोड दिन सुझाव दिएको छ।
- प्रतिवेदनले संघमा १०-१२ र प्रदेशमा ५ मन्त्रालय बनाउन तथा स्मार्ट प्रदेश बनाउन सुझाव दिएको छ।
काठमाडौँ । जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले संघ र प्रदेशमा मन्त्रालय सङ्ख्या घटाउन सुझाव दिएको छ ।
अयोगले तयार पारेको प्रतिवेदनमा सङ्घीयता कार्यान्वयनमा देखिएका समस्याहरूका सवालमा यस्तो सुझाव दिएको हो । ‘केन्द्रले केन्द्रीकृत सोच त्यागी प्रदेश र स्थानीय तहको संवैधानिक भूमिका निभाउन स्वायत्तता तथा नियमनमा जोड दिनुपर्छ । प्रदेश र स्थानीयले कार्यात्मक क्षमता बढाई क्रियाशील रहनुपर्छ’, सार्वजनिक प्रतिवेदनको ८६७ पेजमा भनिएको छ ।
सोही पेजमा केन्द्र सरकार अर्थात सङ्घमा मन्त्रालयको सङ्ख्या १० देखि १२ मा झार्न भनिएको छ । ‘ संघमा मन्त्रालयको सङ्ख्या १०–१२ मा झार्ने । २०७५ सालको सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने’प्रतिवेदनमा लेखिएको छ, ‘प्रदेशमा पाँच मन्त्रालयको व्यवस्था गर्ने ।’
प्रदेशलाई नीति निर्माण गर्ने गरी स्मार्ट बनाउने र धेरै कार्यकारी भूमिका भन्दा पनि संघ र स्थानीय तहसँगको पुलका रूपमा काम गर्ने र प्रदेशस्तरीय आयोजना व्यवस्थापन गर्ने गरी विकास गर्न प्रतिवेदनले सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण