रुखको हाँगाले लागेर एक जनाको मृत्यु
भैरहवा । रुपन्देहीको देवदह नगरपालिका–६ केउलीस्थित सामुदायिक वन क्षेत्रमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३९ वर्षीय हेमबहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पाली सामुदायिक वनमा पुनरोत्पादन कटानअन्तर्गत रुख काट्ने क्रममा हाँगाले लागेर घर्ती गम्भीर घाइते भएका थिए । देवदह प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक भिमसेन विष्टका अनुसार रुख कटान भइरहेको स्थानमा बिहीबार अनुगमनका लागि पुगेका घर्तीमाथि हाँगा खस्दा दुर्घटना भएको हो ।
घाइते घर्तीलाई तत्काल उपचारका लागि देवदह मेडिकल कलेज लगिएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सरोज थापाले कटान तथा नापजाँच समितिका सदस्यसमेत रहेका घर्ती अनुगमनका क्रममा घटनास्थलमा पुगेको र सोही क्रममा दुर्घटना भएको जानकारी दिए । मृतक घर्तीको शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण