बालेनको शपथमा ५ पूर्वप्रधानमन्त्री सहभागी, गएनन् ओली
शुक्रबार, १३ चैत २०८२, १३ : ०३
सारांश
- काठमाडौंमा प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा चार पूर्वप्रधानमन्त्रीहरू उपस्थित थिए।
- समारोहमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भए।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित रहे।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको शपथ समारोहमा चार जना पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका हुन् ।
त्यस्तै अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी भए ।
तर, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा सहभागी भएनन् । कांग्रेसका सभापति समेत रहेका अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने विदेशमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण