नयाँ मन्त्रिमण्डल
बालेन मन्त्रिपरिषदमा स्वर्णिमको वरीयता दोस्रो, रहेनन् उपप्रधानमन्त्री
शुक्रबार, १३ चैत २०८२, १३ : १५
सारांश
- नवनिर्वाचित बालेन शाह नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाए।
- गृहमन्त्री सुदन गुरुङ तेस्रो वरीयतामा रहेका छन्।
- रास्वपाले शाहको नेतृत्वमा एकल बहुमतको सरकार गठन गरेको छ।
काठमाडौँ । नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् । रास्वपाका उपसभापति समेत रहेका वाग्ले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्दा उनको वरीयता दोस्रो कायम रहेको हो ।
त्यस्तै, गृहमन्त्रीको जिम्मेवारी पाएका सुदन गुरुङ तेस्रो वरीयतामा रहेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ जनमत पाएपछि रास्वपाले शाहको नेतृत्वमा एकल बहुमतको सरकार बनाएको हो ।
शाहले शुक्रबार राष्ट्रपतिबाट प्रधानमन्त्रीको शपथ लिए लगत्तै १५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् । शाहले आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमनत्री भने राखेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण