बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

गृहमन्त्री–आईजीपी भेट लगत्तै प्रहरी प्रधान कार्यालय ‘हाई अलर्ट’मा, जवानदेखि एसएसपीसम्मलाई ‘स्ट्यान्डबाई’

शुक्रबार, १३ चैत २०८२, २२ : ४१
शुक्रबार, १३ चैत २०८२

सारांश

  • नवनियुक्त गृहमन्त्रीले सुरक्षा प्रमुखहरूसँग छलफल गरेपछि प्रहरीलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिइयो।
  • प्रहरी प्रधान कार्यालयले प्रहरी जवानदेखि एसएसपीसम्मलाई बिहान ७ बजेदेखि तयारी अवस्थामा रहन सर्कुलर जारी गरेको छ।
  • गृहमन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरूसँग छलफल गरेका थिए, र मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो।

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरे लगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले आफ्ना सबै प्रहरी कर्मचारीलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी जवानदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई बर्दीमा ‘स्ट्यान्डबाई’ बस्न आन्तरिक सर्कुलर जारी गरेको हो । स्रोतका अनुसार, सबैलाई बिहान ७ बजेदेखि नै तयारी अवस्थामा रहन भनिएको छ ।

पदभार समाले लगत्तै आज (शुक्रबार) साँझ गृहमन्त्री गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग करिब डेढ घण्टा लामो छलफल गरेका थिए ।

आजै बसेको नवगठित मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप