बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कार दुर्घटनापछि टाइगर वुड्स पक्राउ : नशालु पदार्थ सेवनको आशंका

शनिबार, १४ चैत २०८२, ०७ : ४२
शनिबार, १४ चैत २०८२

सारांश

  • प्रसिद्ध गल्फर टाइगर वुड्स फ्लोरिडामा कार दुर्घटनामा परे, जसकारण उनलाई पक्राउ गरियो।
  • वुड्सलाई डीयूआई, सम्पत्ति क्षति र परीक्षण अस्वीकार गरेको आरोप लगाइएको छ।
  • दुर्घटनापछि वुड्सले स्वास्थ्य अवस्था र शल्यक्रियाबारे जानकारी दिए, तर पिसाब परीक्षण गर्न अस्वीकार गरे।

फ्लोरिडा । गल्फका लिजेन्ड टाइगर वुड्स फ्लोरिडामा कार दुर्घटना गराएपछि पक्राउ परेका छन्। १५ पटकका मेजर च्याम्पियन ५० वर्षीय वुड्सलाई ड्राइभिङ अन्डर द इन्फ्लुएन्स (डीयूआई), सम्पत्तिमा क्षति पुर्‍याएको र कानुनी परीक्षण गर्न अस्विकार गरेको अभियोग लगाइएको छ।

शुक्रबार दिउँसो जुपिटर आइल्याण्डमा आफ्नो ल्याण्ड रोभर गाडीले एउटा ट्रकलाई ठक्कर दिएपछि उनको कार पल्टिएको थियो। मार्टिन काउन्टीका शेरिफ जोन बुडेन्सिएकका अनुसार वुड्सले एउटा प्रेसर क्लिनर ट्रकलाई उछिन्ने क्रममा तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको हो।

दुर्घटनापछि वुड्स आफैँ गाडीको ढोकाबाट बाहिर निस्कनुपरेको थियो। घटनास्थलमा पुगेका अधिकारीहरूले उनमा नशाको लक्षण देखिएको बताएका छन्। यद्यपि, ब्रेथलाइजर परीक्षणमा उनले रक्सी सेवन नगरेको देखिएको छ, तर कुनै अज्ञात नशालु पदार्थको प्रभाव हुन सक्ने प्रहरीको आशंका छ।

वुड्सले घटनास्थलमा प्रहरीलाई सहयोग गरे पनि पिसाब परीक्षण गर्न भने अस्विकार गरेका छन्। शेरिफले वुड्सले आफ्नो स्वास्थ्य अवस्था र पुराना शल्यक्रियाबारे जानकारी दिएको र त्यसलाई ध्यानमा राखेर विस्तृत सडक परीक्षण गरिएको बताए।

परीक्षण अस्विकार गरेकै कारण उनीमाथि थप कानुनी धारा आकर्षित हुने र सो समयमा उनले कुन पदार्थ सेवन गरेका थिए भन्ने कुरा अब कहिल्यै प्रमाणित नहुने प्रहरीको भनाइ छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनाप्रति दुःख व्यक्त गर्दै वुड्सलाई आफ्नो निकै नजिकको साथी र अद्भुत व्यक्ति भनेका छन्। उनले वुड्स अहिले केही कठिनाइमा रहेको भन्दै सहानुभूति प्रकट गरे।

प्रहरीका अनुसार वुड्सलाई आठ घण्टा हिरासतमा राखेपछि धरौटीमा रिहा गरिनेछ। यो घटनामा कोही पनि घाइते नभएको र वुड्समाथि लगाइएका आरोपहरू गम्भीर अपराध नभई सामान्य दुर्व्यवहार अन्तर्गत पर्ने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप