बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीरगन्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

आइतबार, १५ चैत २०८२, ०० : ४०
आइतबार, १५ चैत २०८२

सारांश

  • वीरगञ्ज नाकाबाट दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिएका छन्।
  • फागुनमा मात्रै १५६० बुलेट भित्रिए, भन्सार कार्यालयले जनाएको छ।
  • चालु आवको सात महिनामा २० अर्बको ग्यास आयात भयो।

पर्सा । वीरगन्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् । पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको सङ्कटसँगै नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ ।

यसैबिच, वीरगन्ज नाका हुँदै फागुनमा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएका भन्सार कार्यालयले जनाएको छ । कार्यालय मातहत पर्ने एकीकृत भन्सार जाँच चौकीको व्यवस्थापन गर्दै आएका टिआरएस हिमालयन लजी पार्कका ‘अपरेसन हेड’ गणेश घिमिरेले गत फागुनदेखि चैत १३ गतेसम्मको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट वीरगन्ज नाका हुँदै भित्रिएका जानकारी दिए ।

“गत माघमा एक हजार ४०३ वटा एलपी ग्यासका बुलेट भित्रिएका थिए”, उनले भने, “चैतको १३ गतेसम्म पनि ५७६ वटा बुलेट भित्रिएका छन् ।” वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको सात महिनामा यो नाका हुँदै रु २० अर्ब ८५ करोड मूल्य पर्ने २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ ।

गत आवको सात महिनाको अवधिमा रु २४ अर्ब छ करोड मूल्य पर्ने २१ करोड ४२ हजार ७८१ किलो एलपी ग्यास आयात भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप