स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रवि लामिछानेले लिए काठमाडौँ अदालतबाट तारेख
सारांश
- रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेका छन्।
- स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा परेको थियो, जसमा ६९० जना बचतकर्ताले जाहेरी दिएका थिए।
- प्रहरी अनुसन्धानका अनुसार लामिछानेले गोरखा मिडिया नेटवर्कमा स्वर्णलक्ष्मी सहकारीबाट ५ करोड ७८ लाख रुपैयाँ लगेका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेका छन् ।
आइतबार बिहान अदालत पुगेर लामिछानेले तारेख बुझेको काठमाडौँ जिल्ला अदालत स्रोतले जनाएको छ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेले मुद्दा खेपिरहेका छन् ।
लामिछानेविरुद्ध २०८१ पुस २१ मा काठमाडौँ जिल्ला अदालतमा सङ्गठित रूपमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको भन्दै मुद्दा परेको थियो । स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । सो मुद्दामा ३९ जना प्रतिवादी छन् ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो माग दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण