एसियन कप छनोटका लागि नेपाली टोली घोषणा, अन्जन टिममा परेनन्
आइतबार, १५ चैत २०८२, १३ : ११
सारांश
- एएफसी एसियन कप छनोटका लागि अन्जन विष्टलाई बाहिर राख्दै नेपाली टोलीको घोषणा गरिएको छ।
- मुख्य प्रशिक्षकले सर्वाधिक गोलकर्ता विष्टलाई टिममा समावेश नगरेका हुन्।
- नेपालले मंगलबार लाओसविरुद्ध खेल्नेछ, तर यो खेल लाओसमा हुँदैछ।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका सर्वाधिक गोलकर्ता खेलाडी अन्जन विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोली घोषणा गरेको छ ।
मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड अञ्जनलाई बाहिर राख्दै टिम घोषणा गरेका हुन् ।
खेलका लागि लाओस पुगिसकेपछि मात्र आइतबार बिहान अन्तिम अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले टोलीको सूची सामाजिक सञ्जालमा पोस्ट गरेको हो ।
नेपालले अन्तिम खेल मंगलबार लाओसविरुद्ध खेल्दैछ । यो खेल नेपालको घरेलु मैदानमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तय थियो । तर, उक्त खेल लाओस नै सारिएको हो ।
त्यस्तै, पछिल्लो समय उत्कृष्ट फममा रहेका गोलरक्षक दीप कार्की पनि टिम बाहिर रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण