शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कन्जर्भेटिभको सम्मेलनमा रेजा पहलवीले के भने ?

आइतबार, १५ चैत २०८२, १४ : ५९
आइतबार, १५ चैत २०८२

सारांश

  • इरानका अन्तिम शाहका छोरा रेजा पहलवीले अमेरिकामा आयोजित सीपीएसीमा सम्बोधन गर्दै इरान फर्कन तयार रहेको बताए।
  • उनले इरान 'डेथ टु अमेरिका' बाट 'गड ब्लेस अमेरिका'तर्फ रूपान्तरण हुने परिकल्पना प्रस्तुत गरे।
  • ट्रम्पले पहलवीको सम्भावित नेतृत्वप्रति शङ्का व्यक्त गर्दै इरानभित्रकै व्यक्तिले नेतृत्व लिनुपर्ने बताए।

वासिङ्टन डीसी । इरानका अन्तिम शाहका निर्वासित छोरा रेजा पहलवीले अमेरिकामा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्शन कन्फ्रेन्स (सीपीएसी)मा सम्बोधन गरेका छन् । उक्त सम्मेलन लामो समयदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूको प्रभावशाली मञ्च मानिन्छ । 

सम्बोधनका क्रममा पहलवीले आफू इरानमा सङ्क्रमणकालीन सरकारको नेतृत्व गर्न विशेष रूपमा उपयुक्त रहेको दाबी दोहोर्‍याउँदै ४७ वर्षपछि पहिलोपटक स्वदेश फर्कन तयार रहेको सङ्केत गरेका छन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले इरान ‘डेथ टु अमेरिका’ बाट ‘गड ब्लेस अमेरिका’तर्फ रूपान्तरण भएको कल्पना गर्न आग्रह गरेका थिए । 

‘इरान स्वतन्त्र भयो भने अमेरिकाले फेरि एउटा महान् मित्र प्राप्त गर्छ,’ उनले भने । भविष्यमा बन्धक बनाउने काम अन्त्य हुने, स्ट्रेट अफ होर्मुज बन्द नगर्ने र विश्व समुदायलाई दबाब नदिने इरानको परिकल्पना पनि प्रस्तुत गरेका थिए । 

पहलवीको धारणा अमेरिकामैत्री भए पनि ट्रम्पले उनको सम्भावित नेतृत्वप्रति शङ्का व्यक्त गरेका छन् । इरानले पहलवीको नेतृत्व स्वीकार गर्छ कि गर्दैन आफू निश्चित नभएको ट्रम्पले यसै महिनाको सुरुमा बताएका थिए । उनले इरानभित्रकै कुनै व्यक्तिले नेतृत्व गर्नु उपयुक्त हुने बताएका थिए । तर उनले नेतृत्व कसलाई दिने भनेर स्पष्ट पारेनन् ।

पहलवीका पिता मोहमद रेजा पहलवीको सत्ता इरानी क्रान्तिले उखेलेर फ्याँकेको थियो । उक्त आन्दोलनलाई मुख्यतः आयतुल्ला रुहाल्लोह खामेनीले नेतृत्व गरेका थिए । 

खामेनीले इरानमा इस्लामिक गणतन्त्र स्थापना गरेका थिए । त्यसबेलाको शासनप्रणाली, आर्थिक समस्या र धर्मनिरपेक्ष नीतिप्रति असन्तुष्ट विभिन्न समूहहरूको व्यापक समर्थनले शाह शासनको अन्त्य गराएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप