सट्टेबाजी एप र वेबसाइटमा प्रतिबन्ध, चलाए जेल सजाय हुने
काठमाडौँ । सरकारले सबैखाले सट्टेबाजी एप र वेबसाइटहरू बन्द गराएको छ । मन्त्रिपरिषद्को शासकीय सुधार सम्बन्धी १०० कार्यसूची को मर्मअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ घण्टाभित्र यस्ता प्लेटफर्म बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो ।
सञ्चार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँगको समन्वयमा हालसम्म पहिचान भएका सबै सट्टेबाजी साइट र एपहरू बन्द गराइसकेको छ । मन्त्रालयका प्रवक्ता उदय बहादुर रानामगरका अनुसार मुलुकी अपराध संहिता, २०७४ र विज्ञापन (नियमन गर्ने) ऐन विपरित सट्टेबाजी गर्नु, गराउनु वा यस्ता कार्यलाई प्रोत्साहन गर्ने गरी विज्ञापन गर्नु गैरकानुनी हो ।
कानुनी प्रावधान अनुसार सट्टेबाजीमा संलग्न हुनेको बिगो जफत गरी एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
मन्त्रालयले कसैलाई पनि अनाधिकृत रूपमा सट्टेबाजी एप र वेबसाइट प्रयोग नगर्न चेतावनी दिएको छ। यदि कतै यस्ता गतिविधि भइरहेको थाहा पाएमा नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेलाई सम्पर्क गरी जानकारी गराउन समेत मन्त्रालयले सर्वसाधारणमा अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण