बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुम्बईले तोड्यो १४ वर्षको खडेरी : बने यी रेकर्ड

सोमबार, १६ चैत २०८२, ०६ : २०
सोमबार, १६ चैत २०८२

सारांश

  • मुम्बई इन्डियन्सले आईपीएलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै १४ वर्षपछि सिजनको पहिलो खेलमा जित हासिल गर्यो।
  • रोहित शर्मा र रायन रिकेल्टनको उत्कृष्ट ब्याटिङ साझेदारीले मुम्बईको जितको आधार तयार पारे, जसमा रोहितले सर्वाधिक रन बनाए।
  • शार्दूल ठाकुरले ३ विकेट लिए भने मुम्बईले वानखेडे स्टेडियममा अहिलेसम्मकै ठुलो लक्ष्य सफलतापूर्वक पछ्यायो।

मुम्बई । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो इतिहासकै सबैभन्दा ठुलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै १४ वर्षपछि सिजनको पहिलो खेलमा जित हात पारेको छ। 

आइतबार वानखेडे स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले ४ विकेटको क्षतिमा २२० रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा मुम्बईले १९.१ ओभरमा मात्र ४ विकेट गुमाएर २२१ रनको लक्ष्य पूरा गर्यो।

मुम्बईको यो जित धेरै अर्थमा ऐतिहासिक रह्यो। सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई हराएयता मुम्बईले कहिल्यै पनि सिजनको पहिलो खेल जित्न सकेको थिएन। लगातार १३ सिजनसम्म पहिलो खेलमा हार बेहोरेको मुम्बईले ५१०७ दिनपछि यो खडेरी तोडेको हो। 

यसअघि मुम्बईको उत्कृष्ट रन चेज सन् २०२१ मा चेन्नई विरुद्ध २१९ रनको थियो, जसलाई अहिले सुधार गर्दै २२१ पुर्‍याइएको छ। यो वानखेडे स्टेडियममा कुनै पनि टोलीले सफलतापूर्वक पछ्याएको अहिलेसम्मकै ठुलो लक्ष्य समेत हो।

ryan rickelton

मुम्बईको जितको आधार पूर्वकप्तान रोहित शर्मा र रायन रिकेल्टनको विष्फोटक ओपनिङ साझेदारीले तयार पार्‍यो। रोहितले मात्र २३ बलमा अर्धशतक पूरा गर्दै आफ्नो आइपिएल करियरकै सबैभन्दा छिटो ५० रन बनाउने कीर्तिमान बनाए। यसअघि उनले २०१५ को फाइनलमा चेन्नई विरुद्ध २५ बलमा अर्धशतक प्रहार गरेका थिए। 

रोहितले ७८ रनको पारी खेले भने रिकेल्टनले ८१ रनको योगदान दिए। यी दुईबिच पहिलो विकेटका लागि १४८ रनको साझेदारी भयो, जुन मुम्बईका लागि आईपीएल इतिहासकै दोस्रो ठुलो ओपनिङ साझेदारी हो।

यस खेलमार्फत रोहित शर्माले अर्को एउटा ठुलो व्यक्तिगत सफलता समेत हासिल गरे। उनले कोलकाताविरुद्ध आईपीएलमा ११६१ रन पूरा गर्दै कुनै पनि एक टोली विरुद्ध सबैभन्दा बढी रन बनाउने ब्याटरको कीर्तिमान आफ्नो नाममा गरे। यसअघि यो रेकर्ड विराट कोहोलीको नाममा थियो, जसले पञ्जाब किंग्स विरुद्ध ११५९ रन बनाएका थिए। 

रोहितले कोलकाताका बलर वरुण चक्रवर्ती विरुद्ध ११ बलमा २३ रन प्रहार गर्दै आफ्नो आक्रामक लय प्रदर्शन गरे। वरुणका लागि यो खेल निकै महँगो सावित भयो, जहाँ उनले कुनै विकेट लिन सकेनन् र उनको इकोनोमी रेट ११.८६ रह्यो।

बलिङतर्फ मुम्बईका लागि डेब्यु गरिरहेका शार्दूल ठाकुरले सानदार प्रदर्शन गरे। उनले कोलकाताको सेट भइरहेका साझेदारीहरूलाई तोड्दै महत्वपूर्ण ३ विकेट लिए। कोलकाताका लागि अजिंक्य रहाणेले ६७ र अंगकृष रघुवंशीले ५१ रनको अर्धशतकीय पारी खेले पनि त्यो टोलीलाई जिताउन पर्याप्त भएन। 

मुम्बईले यसअघि १९ सिजनमध्ये पाँचौँ पटक मात्र आफ्नो पहिलो खेल जितेको छ, जसमा सन् २००९ देखि २०१२ सम्मका लगातार चार जित समावेश थिए। यो ऐतिहासिक जितसँगै मुम्बईले नयाँ सिजनको उत्साहजनक सुरुवात गरेको छ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप