साउथ फिल्म ‘महाकाली’ मा अक्षयको नयाँ अवतार
सारांश
- अक्षय खन्ना तेलुगु फिल्म 'महाकाली' मार्फत दक्षिण भारतीय सिनेमामा प्रवेश गर्दैछन्।
- फिल्ममा उनी असुर गुरु शुक्राचार्यको भूमिकामा देखिनेछन्, जसको तस्बिर भाइरल भएको छ।
- अक्षय 'इक्का' मा सन्नी देओलसँग ३० वर्षपछि पर्दामा देखिँदै छन्।
मुम्बई । बलिउडका दिग्गज अभिनेता अक्षय खन्ना अब दक्षिण भारतीय सिनेमामा देखिने भएका छन्। निर्देशक प्रशान्त वर्माको प्रतिक्षित फिल्म ‘महाकाली’ मार्फत उनले तेलुगु फिल्म उद्योगमा पाइला टेक्न लागेका हुन्।
हालै फिल्मको सेटबाट अक्षयको एउटा बिहाइन्ड द सिन (बीएटीएस) तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ, जसलाई निर्देशक वर्मा आफैँले सार्वजनिक गरेका छन्।
फिल्म महाकाली प्रशान्त वर्माको सिनेम्याटिक युनिभर्स (पीभीसीयु) को एक महत्त्वपूर्ण हिस्सा हो। यस फिल्ममा अक्षय खन्ना असुर गुरु शुक्राचार्यको रहस्यमयी र शक्तिशाली भूमिकामा देखिनेछन्।

निर्देशक वर्माले अक्षयको अभिनय र व्यक्तित्वको प्रशंसा गर्दै उनीसँग काम गर्न पाउनु सम्मानको कुरा भएको बताएका छन्। उनले अक्षयलाई वास्तविक ट्यालेन्टको पर्याय भन्दै पर्दामा उनको उपस्थिति दमदार हुने दाबी गरेका छन्।
साउथसँगै अक्षय बलिउडको ठुलो प्रोजेक्ट ‘इक्का’ मा पनि व्यस्त छन्। यस क्राइम ड्रामा फिल्ममा उनी ३० वर्षपछि अभिनेता सन्नी देओलसँग पर्दामा देखिनेछन्।
सन् १९९७ को सुपरहिट फिल्म 'बोर्डर' मा सँगै काम गरेका यी दुई कलाकार लामो अन्तरालपछि एकसाथ आउन लागेका हुन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण