लमजुङमा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु
सोमबार, १६ चैत २०८२, १० : १७
सारांश
- लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था मध्यम रहेको छ।
- मृत्यु हुनेमा ताप्लेजुङका ३३ वर्षीय सुजन राई रहेका छन्।
पोखरा । लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ पामचोकको भित्री सडकमा खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग १ त ५६४६ नम्बरको ट्याक्टर सडकबाट खसेको हो ।
दुर्घटनामा ट्याक्टर चालक ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३३ वर्षीय सुजन राईको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनको बेंसीसहरस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा २ जना घाइते छन् । ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३२ वर्षीय दीपेश लिम्बू र ताप्लेजुङकै २६ वर्षीय सुमन राई घाइते भएका हुन् ।
उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण