तीन महिनाका लागि अस्ट्रेलियाले इन्धनको अन्तःशुल्क आधा बनाउने
सारांश
- अस्ट्रेलियाले इरान युद्धका कारण इन्धनको मूल्य वृद्धिको मार थेग्न नसकेपछि तीन महिनाका लागि इन्धन कर घटाउने घोषणा गरेको छ।
- सरकारले पेट्रोलमा लाग्ने कर प्रति लिटर २६ डलर ३ सेन्टले घटाउने निर्णय गरेको छ, जसले उपभोक्तालाई राहत दिनेछ।
- भिक्टोरिया र तास्मानियाले सार्वजनिक यातायात निःशुल्क बनाएर निजी सवारी साधनको प्रयोग घटाउन कदम चालेका छन्।
क्यानबेर्रा । इरान युद्धका कारण इन्धनको अभाव र मूल्य वृद्धिबिच अस्ट्रेलियाले सर्वसाधारणलाई राहत दिन तीन महिनाका लागि इन्धनमाथिको अन्तःशुल्क आधा घटाउने घोषणा गरेको छ । यो व्यवस्था जुन महिनाको अन्त्यसम्म लागू रहने बताइएको छ । सरकारले पेट्रोलमा लाग्ने कर प्रति लिटर २६ डलर ३ सेन्टले घटाउने निर्णय गरेको हो । यसले पेट्रोल पम्पमा इन्धन भर्दा उपभोक्तालाई प्रत्यक्ष रूपमा खर्च घटाउने अपेक्षा गरिएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले सोमबार सामाजिक सञ्जालमार्फत भने, ‘हामीले तीन महिनाका लागि इन्धन कर आधा गर्दैछौं, ताकि तपाईंले इन्धन भर्दा केही राहत महसुस गर्न सक्नुहोस्,’ ।
अन्तर्राष्ट्रिय द्वन्द्वका कारण घरेलु बजारमा मूल्यवृद्धि भएको र नागरिकहरू त्यसको दबाबमा परेको पनि उनले उल्लेख गरे । इन्धनको भाउमा भएको तीव्र वृद्धिका कारण अस्ट्रेलियाका केही राज्यहरूले थप कदम पनि चालेका छन् । भिक्टोरिया र तास्मानियाले निजी सवारी साधनको प्रयोग घटाउन सकियोस् भनेर अस्थायी रूपमा सार्वजनिक यातायात निःशुल्क बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण