बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

सोमबार, १६ चैत २०८२, ११ : ००
सोमबार, १६ चैत २०८२

सारांश

  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ।
  • प्रहरी हिरासतमा रहेका खड्कालाई बान्ता भएपछि उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो।
  • सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेकाले खड्कालाई विभागले नियन्त्रणमा लिएको थियो।

काठमाडौँ । पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।

अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अनुसन्धानमा संलग्न विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप