यमनले गर्यो इजरायलमाथि आक्रमण
सारांश
- यमनले इजरायलमाथि दोस्रो पटक आक्रमण गरेको छ, जसले मध्यपूर्वमा द्वन्द्व बढाएको छ।
- इजरायलले यमनबाट आएका दुई ड्रोनलाई रोकेको र इरानमाथि पनि आक्रमण गरेको छ।
- अमेरिका र इरानबीच वार्ता भइरहेको बेला इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ।
तेल अभिभ । यमनले इजरायलमाथि आक्रमण गरेको छ । एक महिनाअघि अमेरिका–इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता यमनले इजरायलमाथि गरेको यो दोस्रो आक्रमण हो ।
इजरायली सैन्य स्रोतका अनुसार यमनबाट आएका दुई ड्रोन सोमबार बिहानै रोकिएका थिए । तर थप विवरण भने जारी गरिएको छैन । यमनको इरान–समर्थित हूथी मिलिसिया शनिबारबाट युद्धमा प्रवेश गर्दै इजरायलमाथि मिसाइल प्रहार गरेको थियो ।
यसले मध्यपूर्वमा फैलिरहेको द्वन्द्वलाई थप गहिरो बनाएको छ । इजरायलको वायुसेना पनि सोमबार तेहरानमाथि आक्रमण गर्दै सैन्य पूर्वाधारलाई लक्षित गरेको सेनाले जनाएको छ ।
यस आक्रमणको केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच प्रत्यक्ष र अप्रत्यक्ष वार्ता भइरहेको र इरानका नयाँ नेताहरू धेरै तर्कसङ्गत देखिएको भनेका थिए । इरानमा युद्ध चर्किँदै गर्दा अमेरिकाले पश्चिम एसियामा सैन्य उपस्थिति बढाएको छ ।
यता, इरानले पनि सोमबार इजरायलमाथि बहु लहरको मिसाइल आक्रमण गरेको इजरायली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण