प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै गृहमन्त्रीले भने– निर्धक्क भएर जिम्मेवारी निर्वाह गर्नुहोस्
सारांश
- गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै आगामी दिनमा निर्धक्क भएर काम गर्न निर्देशन दिए।
- उनले प्रहरी कर्मचारीलाई सीमित स्रोतसाधनका बाबजुद पनि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रशंसा गरे।
- गुरुङले नागरिक र प्रहरीबीचको दूरी घटाउन, उत्कृष्ट सेवा प्रवाह गर्न र प्रविधियुक्त बनाउन जोड दिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै उपस्थित प्रहरी कर्मचारीहरूलाई सीमित स्रोतसाधनका बाबजुद उत्कृष्ट कार्यसम्पादन गरिरहेको भन्दै आगामी दिनमा थप निर्धक्क भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।
सो क्रममा गृहमन्त्री गुरुङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए । उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री गुरुङले नेपाल प्रहरी प्रधान कार्यालयस्थित सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, आर्टिफिसियल इन्टेलिजेन्स र एडभान्स एनालिटिक्स सेल, डाटा सेन्टर र पोलीग्राफ सेक्सनको निरीक्षण गर्दै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरे । उनले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा समेत अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए । प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने समेत उनले उल्लेख गरे ।
गृहमन्त्री गुरुङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताए । आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाको लागि उच्चतम प्रयोग गर्न समेत उनले जोड दिए ।
विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोत युक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमहरूको समेत व्यवस्था गरिने उनले उल्लेख गरे ।
प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादन एवम् वैज्ञानिक प्रणालीको आधारमा हुने उल्लेख गर्दै सांगठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकुल प्रविधिमैत्री एवम् साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण