थप १५ दिन २४ सै घण्टा नेपाललाई विद्युत् निर्यात गर्न भारतको अनुमति
काठमाडौँ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप १५ दिन २४ सै घण्टा नेपालमा विद्युत निर्यातको लागि अनुमति दिएको छ ।
विद्युत प्राधिकरणका अनुसार यसअघि मार्च ३१ सम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत निर्यातको अनुमति दिएको थियो । तर अहिले भारतले थप गरेर १ अप्रिलदेखि १५ दिन २४ सै घण्टा विद्युत निर्यात गर्न अनुमति प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
उनका अनुसार त्यसपछि लागु रहेको व्यवस्था परिमार्जन गर्दै अप्रिल १६ देखि ३० सम्मका अर्थात बैशाख १ देखि जेठ १५ गतेसम्म दैनिक १६ घण्टा विद्युत् निर्यात अनुमति दिने भएको छ ।
भारतले अनुमति अनुसार १६ घण्टा विद्युत आयात गर्न पाउँदा नेपालको माग पूरा गर्न सकिने शाक्यको भनाई थियो । यस अवधिमा बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै भारतले नेपाललाई विद्युत् निर्यात गर्नेछ भने बेलुका ६ बजेदेखि बिहान २ बजेसम्म बन्द रहनेछ । त्यसपछि १ जुलाईदेखि ३१ अगस्टसम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत दिने अनुमति पाएको उनको भनाइ छ ।
१ मे देखि ३० जुनसम्म समेत दैनिक १६ घण्टा नै विद्युत दिनेछ । तर सो अवधिमा बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत् दिनेछ । बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने बन्द रहनेछ ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय पावर एक्स्चेन्जमार्फत मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट ६०० मेगावाटसम्म विद्युत् निर्यातका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण