स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल
सारांश
- स्वास्थ्यमन्त्री निशा मेहता र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीबीच स्वास्थ्य बिमाबारे छलफल भयो।
- मन्त्री मेहताले स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने कुरा बताइन्, जसले वित्तीय अवस्था बलियो बनाउनेछ।
- छलफलमा स्वास्थ्य बिमाका चुनौती र समस्याबारे पनि कुराकानी भयो, जसमा सांसद र अन्य अधिकारीहरूको सहभागिता थियो।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासँग स्वास्थ्य बिमा बोर्डका पदाधिकारीले सोमबार छलफल गरेका छन् ।
मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री मेहताले छरिएर रहेका स्वास्थ्य सुरक्षा कार्यक्रम स्वास्थ्य बिमामार्फत एकद्वार प्रणालीमा सञ्चालन गर्ने गरी अघि बढाइने बताइन् । उनले स्वास्थ्यका सामाजिक सुरक्षा कार्यक्रमलाई एक ठाउँमा ल्याउन सके वित्तीय अवस्था बलियो हुनेसमेत बताइन्।
छलफलमा मन्त्री मेहतासँग स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने र यसका चुनौतीबारे छलफल गरिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए। उनका अनुसार मन्त्री मेहतालाई स्वास्थ्य बिमा बोर्डले हालसम्म भोग्नुपरेका चुनौती, भुक्तानी समस्याबारे पनि अवगत गराइएको छ ।
छलफलमा प्यूठानबाट निर्वाचित सांसद सुशान्त वैदिकले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटा, बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेलेको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण