निजी क्षेत्रलाई अर्थमन्त्रीको आश्वासन: ‘इमानदार भएर व्यापार गर्नुहोस्, सरकार दिल खोलेर सहयोग गर्छ’
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई इमानदारीपूर्वक उद्योग र व्यापारमा लाग्न आग्रह गरे।
- सरकारले निजी क्षेत्रको विकास र लगानी सुरक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ, साथै आर्थिक उन्नतिका लागि काम गर्ने बताए।
- मन्त्रीले लगानीमैत्री वातावरण बनाउन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रलाई आह्वान गरे।
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई इमानदारीपूर्वक उद्योग र व्यापारमा केन्द्रित हुन आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग सोमबार भएको भेटमा सरकारले त्यसका लागि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्रीले सरकार निजी क्षेत्रको विकास र लगानी सुरक्षामा पूर्ण रूपमा गम्भीर रहेको बताए ।
अर्थमन्त्री डा. वाग्लेले वर्तमान सरकार जनताको ठुलो आशा र भरोसाका साथ बनेकाले यो महत्त्वपूर्ण समयलाई देशको आर्थिक उन्नतिका लागि सदुपयोग गरिने स्पष्ट पारे । निजी क्षेत्रले लामो समयदेखि खोजेको राजनीतिक स्थिरता अब प्राप्त भएको उल्लेख गर्दै उहाँले अबको लक्ष्य आर्थिक समृद्धि मात्र हुनुपर्नेमा जोड दिए ।
‘हामी बजेटमार्फत निजी क्षेत्रका समस्यालाई फरक ढङ्गले सम्बोधन गर्दैछौँ,‘ अर्थमन्त्रीले भने, ‘सरकार कार्यभार सम्हालेकै पहिलो दिन १५ वटा पुराना कानुन खारेज गरेर हाम्रो पार्टी र सरकार निजी क्षेत्रप्रति कति उदार र सहयोगी छ भन्ने सन्देश दिइसकेका छौँ ।’
उनले सरकारले उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिए पनि उदार हुनुको अर्थ छाडा हुनु नभएको र बजारको उचित नियमन भने गरिने प्रस्ट पारे । परिसंघले राखेको नमुना औद्योगिक पार्क निर्माणको मागका सम्बन्धमा मन्त्री वाग्लेले सकारात्मक प्रतिक्रिया दिए । उनले कुनै पनि ठूला बहुराष्ट्रिय कम्पनी वा लगानी भित्र्याएर लगानीमैत्री वातावरण बनाउन पहल थाल्न निजी क्षेत्रलाई आग्रह गरे । यस्ता आयोजनामा सरकारले सबै प्रकारका नीतिगत र प्रशासनिक सहयोग गर्ने उनको भनाइ थियो ।
स्वदेशी ठूला र बहुराष्ट्रिय कम्पनीको लगानीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताउँदै अर्थमन्त्रीले उद्यमीहरूलाई उत्साहित भएर काम गर्न र विदेशी लगानी भित्र्याउने वातावरण बनाउन आह्वान गरे । ‘तपाईँहरू लगानी गर्न उत्साहित हुनुस्, विदेशी लगानी भित्र्याउनुस्, सरकार तपाईँहरूको साथमा छ,’ उनले भने
भेटघाटमा परिसंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रले भोग्नुपरेका चुनौतीबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण