हर्क साम्पाङलाई पक्राउ गर्न तिमल्सिनाको चुनौती
सारांश
- जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई सरकारको आलोचना गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लियो।
- प्रहरीले उनलाई सूचना तथा सञ्चार मन्त्रालयको अनुमति बिना सरकारको आलोचना गर्न नपाइने भन्दै धम्क्यायो।
- उनलाई सरकारको विरुद्धमा नबोल्ने सर्तमा कागज गराएर प्रहरीले छाडेको र आगामी दिनमा गलत कदमको विरोध गर्ने बताइन्।
काठमाडौँ । जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनाले सरकारको आलोचना गरेको र सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राखेको आधारमा आफूलाई अपमानजनक ढंगले प्रहरीले नियन्त्रणमा लिएको बताएकी छिन् ।
आफ्नो पक्राउबारे जानकारी दिँदै उनले आफूलाई लगभग चार घण्टा समय प्रहरी नियन्त्रणमा राखिएको बताइन् । उनले सरकारले वाक स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप समेत लगाएकी छिन् ।
‘मलाई सरकारको आलोचना गरेको र चीनसँगको सीमा नाकाबन्दीका बारेमा बोलेको कारणले प्रहरीले नियन्त्रणमा लियो । उनीहरूले मलाई कुनै अपराधीलाई जस्तै व्यवहार गरे,’ उनले मंगलबार भनिन्, ‘प्रहरीले मलाई सूचना तथा सञ्चार मन्त्रालयको अनुमति बिना सरकारको आलोचना गर्न पाइँदैन भन्दै धम्काउने शैलीमा कुरा गरे ।’
उनका अनुसार प्रहरीले उनलाई आइन्दा सरकारको विरुद्धमा नबोल्न र नलेख्न दबाब दिँदै कागज समेत गराएको छ । ‘मलाई आइन्दा नबोल्ने सर्तमा कागज गराएर मात्र छोडियो,’ उनले भनिन् ।
तातोपानी नाका बन्द भएको भनेर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नै लेखेको भएर आफूले पनि सो विषय लेखेको बताइन् । ‘उनले हर्क साम्पाङ जस्ता व्यक्तिहरूले पनि सीमा र सरकारका विषयमा बोलेको सन्दर्भ जोडेर मैले आफ्नो विचार राखेको थिएँ,’ उनले भनिन्, ‘त्यही आधारमा मलाई पक्राउ गर्ने हो भने त हर्क साम्पाङलाई पहिले पक्राउ गर्नुपर्यो नि । मैले जे देखेँ, जे भोगेँ त्यही बोलेको हुँ । यदि सत्य बोल्दा पक्राउ परिन्छ भने यो लोकतन्त्रको उपहास हो ।’
प्रहरी नियन्त्रणबाट मुक्त भएपछि उनले यो घटनाले आफूलाई थप सचेत बनाएको र आगामी दिनमा तथ्यमा आधारित भएर सरकारका गलत कदमहरूको विरोध गरिरहने बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण