'अभिमुखीकरण तालिम शुल्क बढेको छैन, ७०० भन्दा बढी लिए इजाजतपत्र खारेज'
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि सञ्चालन हुने अभिमुखीकरण तालिमको शुल्क नबढेको जानकारी दिएको छ ।
विभागले मंगलबार विज्ञप्ति जारी गर्दै हाल कायम रहेको ७०० रुपैयाँ शुल्कमै तालिम सञ्चालन गर्नुपर्ने जनाएको हो ।
विभागका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम प्रतिप्रशिक्षार्थी अधिकतम ७०० नै शुल्क तोकिएको छ । केही स्थानमा शुल्कवृद्धि गरिएको भन्ने हल्ला फैलिए पनि त्यसमा कुनै सत्यता नरहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सूचनामा २ दिनसम्म सञ्चालन हुने उक्त तालिमका लागि तोकिएको शुल्कभन्दा बढी लिन नपाइने उल्लेख छ । वैदेशिक रोजगारसम्बन्धी ऐन, नियम तथा कार्यविधिअनुसार सबै तालिम प्रदायक संस्थाहरूले निर्धारित शुल्कमै सेवा दिनुपर्ने विभागले जनाएको छ ।
कुनै संस्थाले तोकिएभन्दा बढी शुल्क असुलेको पाइएमा कारबाही गरिने चेतावनी दिँदै विभागले त्यस्ता संस्थाको इजाजतपत्रसमेत खारेज गर्न सकिने जनाएको छ । विभागले श्रमिकहरूलाई शुल्कसम्बन्धी अनियमितता भएमा सम्बन्धित निकायमा उजुरी दिन पनि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण