तेलको भाउ बढेकाले राइड सेयरिङ कार्यान्वयन रोकियो– मुख्यमन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मध्यपूर्वको तनावका कारण इन्धनको मूल्य बढेपछि प्रदेशमा राइड सेयरिङ कार्यान्वयन केही ढिला भएको बताएका छन् ।
प्रदेश सभामा सम्बोधन गर्दै उनले तेलको मूल्यमा केही कमी हुने वित्तिकै भाडादर कायम गरेर राइड सेयरिङ नियमावली कार्यान्वयन गरिने बताए ।
नेपालमै पहिलो पटक गण्डकी प्रदेशले पठाओ, इनड्राइभरलाई कानुनी दायरामा ल्याएर सन्चालनको अनुमति दिएको प्रदेशले कार्यान्वयन भने केही ढिलो गरेको छ । पाण्डेले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहेकाले तत्कालै भाडा तोक्दा पछि समस्या पर्न सक्ने बताए ।
‘अहिले इन्धनको मूल्य उच्च छ । यस्तो बेला भाडा तोक्दा भोलि मूल्य घट्दा समायोजन गर्न गाह्रो हुन सक्छ,’ ‘उनले भने, ‘केही समय पर्खेर बजार स्थिर भएपछि मात्रै भाडा निर्धारण गर्न लागेका छौं । त्यसपछि यो नियमावली कार्यान्वयन हुन्छ ।’
यसअघि प्रदेश सरकारले नियमावली पास गर्ने वित्तिकै देशैभर सार्वजनिक यातायात व्यवसायीहरुले आन्दोलन गरेका थिए । सोही दबाबबिच संघ सरकारले तत्काल नियमावली कार्यान्वयनमा रोक लगाएको थियो । अहिले पुनः प्रदेश सरकार नियमावली कार्यान्वयनमा जुटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण