तेहरानस्थित कार्यालय नजिक भएको हमलाको विश्व स्वास्थ्य संगठनद्वारा निन्दा
सारांश
- डब्ल्यूएचओले तेहरानस्थित कार्यालयनजिक भएको हमलाको निन्दा गरेको छ।
- महानिर्देशक टेड्रोसले इजरायल-अमेरिकाले गरेको हमलाको निन्दा गर्दै कर्मचारी सुरक्षित रहेको बताए।
- उनले संयुक्त राष्ट्रसंघीय निकायका परिसरलाई निशाना बनाउनु अस्वीकार्य भएको बताए।
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इरानको राजधानी तेहरानस्थित आफ्नो कार्यालय नजिक भएका हमलाहरूको निन्दा गरेको छ । संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत इजरायल–अमेरिकाले गरेको भनिएको सो हमलाको निन्दा गरेका हुन् ।
आफ्नो पोस्टमा उनले लेखेका छन्, ‘पछिल्ला दुई रातमा इरानको राजधानी तेहरानमा रहेको विश्व स्वास्थ्य संगठनको कार्यालय नजिक हमला भएको छ, जसका कारण झ्यालका सिसाहरू फुटेका छन् ।’
उनले डब्ल्यूएचओका सम्पूर्ण कर्मचारी सुरक्षित रहेको जानकारी दिँदै थपे, ‘सौभाग्यवश, डब्ल्यूएचओको इरान कार्यालयका सबै कर्मचारी सुरक्षित छन् र कोही पनि घाइते भएका छैनन्।’ महानिर्देशक टेड्रोसले स्पष्ट रूपमा चिन्हित गरिएका संयुक्त राष्ट्रसंघीय निकायका परिसरलाई निशाना बनाउनु अस्वीकार्य भएको बताएका छन् । ‘पहिलेदेखि नै स्पष्ट रूपमा चिन्हित डब्ल्यूएचओ र अन्य संयुक्त राष्ट्रसंघीय एजेन्सीका परिसरहरूलाई निशाना बनाउनु र तिनका गतिविधिमा बाधा पुर्याउनु स्वीकार्य छैन । यस्ता कार्य जुनसुकै हालतमा रोकिनुपर्छ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण