१२ बजे १२ समाचार: महन्थलाई आफ्नै पुरानो पार्टी कार्यालय प्यारो, हाजिर जमानीमा रिहा भए छवि रिजाल
सारांश
- महन्थ ठाकुरको पुरानो पार्टी कार्यालय अझै बन्द भएको छैन, जसपा र लोसपाबीच एकता भए पनि।
- बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक पदमा बहाल रहेका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ।
- नेपाल आयल निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल र डिजेलको मूल्य यथावत् राखेको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. महन्थलाई आफ्नै पुरानो पार्टी कार्यालय प्यारो
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिच एकता भइसकेको छ। दुई पार्टीबिच एकता भएर ‘जसपा नेपाल’ कायम गरिए पनि महन्थ ठाकुरको बबरमहलस्थित तत्कालीन लोसपा नेपालको कार्यालय अझै बन्द भएको छैन।
२. सम्पत्ति छानबिन
बालेन शाह नेतृत्वको सरकारले २०४८ देखि हालसम्म सार्वजनिक पदमा बहाल रहेका राजनीतिक नेतृत्वसहित उच्च तहका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा ०६३ साल यता सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन हुने भएको छ भने दोस्रो चरणमा ०४८ देखि ०६२ सालसम्मको अवधिमा पदमा रहेकाहरूमाथि छानबिन हुने भएको छ ।
३. सार्वजनिक खरिद ऐन संशोधन
सरकारले आफ्नो एक सय कार्ययोजना अन्तर्गत ‘सार्वजनिक खरिद ऐन’ संशोधनको प्रक्रियालाई तीव्रता दिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐन संशोधनका लागि आवश्यक गृहकार्य र सरोकारवालाहरूसँगको परामर्शलाई अगाडि बढाएको जनाएको हो ।
४. संविधान संशोधन बहस
बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले संविधान संशोधनका लागि औपचारिक रूपमा गृहकार्य थालेको छ । यद्यपि संविधान संशोधनजस्तो गम्भीर र संवेदनशील विषयमा ‘हलुका’ ढंगले व्यक्ति छनोट भएको भन्दै सरोकारवालाहरूले चिन्ता प्रकट गरेका छन् ।
५. एमाले बैठक
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय प्रतिनिधि सभा बैठकमा राख्ने भएको छ । एमालेको मंगलबार बसेको सचिवालय बैठकले संसदमा ओली पक्राउको विरोध गर्दै विषय उठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
६. ग्रेटर लुम्बिनी परियोजना
बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीलाई समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि विश्व बैंकले करिब १२ अर्ब रुपैयाँ बराबरको ऋण दिने निर्णय गरेको छ ।
७. कांग्रेसमा समानान्तर गतिविधि
नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले बोलाएको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकमा आधा दर्जन निवर्तमान पदाधिकारीसहित ६० बढी केन्द्रीय सदस्य सहभागी भएका छन् ।
नेपाली कांग्रेसमा गत पुसमा शीर्ष नेतृत्वको सहमतिविना विशेष महाधिवेशन गरिएपछि सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । पुस २७ देखि ३० गतेसम्म पार्टीको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र त्यो महाधिवेशनमा सभापतिमा निकटतम प्रतिद्वन्द्वी भएका नेता डा. शेखर कोइराला समूहको असहमतिबिच तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो ।
यता, नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन र पार्टीको अबको बाटोबारे समीक्षा गर्न सहमहामन्त्रीहरूलाई प्रदेशहरुमा जिम्मेवारी तोकेको छ । महामन्त्री प्रदीप पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै ७ मध्ये ६ प्रदेशमा सहमहामन्त्री खटाइएको जानकारी गराएका हुन् ।
८. मूल्य समायोजन
पाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै पेट्रोल र डिजेलको मूल्य यथावत् राखेको छ ।
९. एक्सनमा सरकार
जेनजी आन्दोलन हुँदा काठमाडौंको सीडीओ छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ । मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो ।
पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा रिहाका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट जेनजी रेड फोर्स संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले सोधपुछ गरेको छ ।
१०. सरकारी सेवामा सहजताको सुरूवात
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि श्रम स्वीकृति लिने प्रक्रियामा रहेको अनलाइन टोकन प्रणाली खारेज गरेपछि सेवाग्राही उत्साही देखिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहको निर्देशनपछि सोमबारदेखि विभागले क्यू फ्री प्रणाली लागु गरेको छ । जसको प्रभाव पहिलो दिनमै उत्साहजनक देखिएको विभागले जनाएको छ ।
११.कालोपत्र कार्य प्रभावित
पश्चिम एसियामा जारी द्वन्द्वका कारण (अलकत्रा) बिटुमिनको आपूर्तिमा अवरोध आउँदा नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनामा कालोपत्रे गर्ने कार्य प्रभावित भएको छ । निर्माण सामग्रीको अभावमा आयोजनाको काम रोकिने अवस्थामा पुगेको आयोजनाले जनाएको छ ।
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण