निशा लामा बनिन् लोक दोहोरी स्टार
सारांश
- निशा लामाले 'लोक दोहोरी स्टार' को उपाधि जितिन् र १० लाख रुपैयाँ पुरस्कार पाइन्।
- मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो स्थान हासिल गरे।
- राष्ट्रिय नाचघरमा भएको ग्राण्ड फिनालेमा उत्कृष्ट ८ प्रतिस्पर्धीहरूले प्रतिस्पर्धा गरे।
काठमाडौँ । नेपाली साङ्गीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार’ को उपाधि निशा लामाले जितेकी छन् । राजधानीको राष्ट्रिय नाचघरमा मङ्गलवार अबेर साँझ सम्पन्न ग्राण्ड फिनालेमा उनले शीर्ष उपाधि जित्दै पुरस्कार स्वरूप १० लाख रुपैयाँ नगद पनि प्राप्त गरेकी छन् ।
शोमा मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो घोषित भएका छन् । विभिन्न चरण पार गर्दै आएका टप ८ फाइनलिस्टहरू बिच अन्तिम स्पर्धा आयोजना गरिएको थियो । एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलले आयोजना गरेको शोको निर्देशन माधवराज खरेलले गरेका थिए ।
आयोजक समितिका प्रमुख तथा निर्माता डेविल सिंह राजपूत, यादवबहादुर थापा र परमानन्द चौधरीको नेतृत्वमा भएको कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी शैलेश नेपालीले सम्हालेका थिए ।
फाइनलको निर्णायकमा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर, लोकदोहोरी गायक राजु ढकाल, चन्द्र शर्मा र अमृत खाती रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण