ट्रम्पलाई इरानी सांसदको चेतावनी : स्ट्रेट अफ हर्मुज पुनः खुल्छ तर तिम्रो लागि होइन
सारांश
- इरानी सांसदले ट्रम्पलाई चेतावनी दिँदै हर्मुज जलमार्ग इरानको नियम मान्नेहरूका लागि मात्र खुल्ला रहने बताए।
- हर्मुज जलमार्ग विश्वकै महत्त्वपूर्ण समुद्री मार्ग हो, जहाँबाट तेलको व्यापार हुन्छ, र यस विषयमा इरान र पश्चिमेली देशहरूबीच तनाव छ।
- इरानी संसद्ले हर्मुज पार गर्ने जहाजहरूबाट शुल्क उठाउने योजना स्वीकृत गरेको छ।
तेहरान । इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजिजीले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् । सामाजिक सञ्जाल एक्समा एउटा पोस्टमार्फत उनले भनेका छन् ‘ स्ट्रेट अफ हर्मुज पक्कै पनि खुल्नेछ, तर तिम्रो लागि होइन, यो त इरानका नयाँ नियम पालना गर्नेहरूका लागि मात्र खुल्ला रहने छ ।’
यो स्ट्रेट विश्वकै महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक मानिन्छ । यो बाटो भएर ठुलो मात्रामा तेल विश्व बजारमा पुग्छ । यस मार्गको प्रयोगलाई लिएर इरान र पश्चिमी देशहरूबिच लामो समयदेखि तनाव रहँदै आएको छ ।
अजिजीले आफ्नो अभिव्यक्तिमा सन् १९७९ को इरानी क्रान्ति पछिको समयलाई उल्लेख गर्दै ‘४७ वर्षको आतिथ्य अब सधैँका लागि समाप्त भएको’ भनेका छन् । साथै व्यङ्ग्यात्मक रूपमा ट्रम्पले शासन परिवर्तनको सपना अन्ततः पूरा गरेको तर यो समुद्री व्यवस्थामा मात्रै सीमित रहेको पनि उनले भनेका छन् ।
यसैबिच, अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिले हर्मुज पार गर्ने जहाजहरूबाट शुल्क उठाउने योजना स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण