दीपक खड्का र रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पौडेलको इजलासमा
सारांश
- पूर्वमन्त्री दीपक खड्का र सांसद रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा पेसी तोकिएको छ।
- खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको लागि पक्राउ गरिएको थियो, भने शर्मामाथि बालबालिका विरुद्धको कसुरको आरोप छ।
- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालिकाको उद्धार र पीडकविरुद्ध मुद्दा नचलेकोबारे फेसबुकमा लेखेका थिए।
काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।
पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए । पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए ।
एमालेको लुम्बिनी प्रदेश सांसद शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिका विरूद्धको कसुर गरेको आरोप छ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौँ महानगरपालिकाले उद्धार गरेको थियो ।
ती बालिकाबारे तत्कालीन काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा ‘सरी नानु ! तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ भनेर लेखेका थिए ।
साथै उनले ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छ’ भन्ने पनि उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण